बाबुराम भट्टराईलाई ओलीको कटाक्ष– पिएचडी गरेका धेरै छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने भन्दै डा बाबुराम भट्टराईको कटाक्ष गरेका छन्। 

धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुक्रबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दं अध्यक्ष ओलीले भने, 'पिएचडी, पिएचडी भनेर प्रचार गरिन्छ। देशमा पिएचडी गरेका धेरै छन्। माननीयज्यु एक जनाले मात्रै पिएचडी गरेजस्तो डाक्टर, डाक्टर, डाक्टर...। डिग्रीले क्रान्ति गर्दैन। दृष्टिकोण र निष्ठाले क्रान्ति गर्छ।'

उनले पिएचडी उपाधिलाई फुँडी फुटेर मरेको भ्यागुतासँग दाँजे। भुँडी फुटेर मरेको भ्यागुताको कथा पनि सुनाए।

'कुनै समय एउटा पोखरीमा भ्यागुती थिई। भ्यागुताकी बच्ची घुम्न निस्किछ। माछो देखिछ। आमालाई दौडँदै सुनाउन पुगिछ, 'आमा आमा कत्रो ठूलो जनावर देखेँ।'  

आमाले आश्चर्य हुँदै भनिछे– कत्रो थियो? कसरी हुन सक्छ मभन्दा ठूलो?'

भ्यागुतीले  फुँडी फुलाउँदै यत्रो... यत्रो.. भन्दै देखाउन थालिछ। जति भुँडी फुलाउँदा पनि बच्चीले झन् ठूलो भन्दै गइछ। अन्तिममा भुँडी फुटेर मरी। अहिले भएको त्यही हो।'

 

प्रकाशित मिति: : 2019-07-05 16:02:17

प्रतिकृया दिनुहोस्