लाहुरेसँग रोमान्स गरिरहेकी ‘गलबन्दी’की लजालु अञ्जली

तस्बिरः नेपाललाइभ

काठमाडौं– प्रकाश सपुतको लोक गीत ‘गलबन्दी’को दृश्यपट हेर्नुभएको छ? हेर्नुभएको भए प्रकाशसँग दोहोरी खेल्ने लजालु युवती त पक्कै याद गर्नुभएको होला। के थाहा, उनको लजालु मुस्कान देखेर कति प्रशंसकहरू भुतुक्कै भए! 

अनुहारमा लाजको गहना लगाएकी ती युवती हुन्, अञ्जली अधिकारी। ओठमा हल्का गुलाबी लिपिस्टिक, ओठको दाहिने कुनाको माथिपट्टि कालो कोठी र निधारमा गोलो टीका लगाएकी यी कलाकारको लज्जावती छवि त सानो पर्दामा देखिएको हो। तर, उनी ‘रियल लाइफ’मा साँच्चै यस्तै दाँतले ओठ टोक्ने लजालु छिन् त? अञ्जलीसँग प्रत्यक्ष नभेट्ने धेरैलाई जिज्ञासा हुँदो हो– ‘रियल’मा पनि उनलाई कसैले प्रेम प्रस्ताव राख्यो भने मुन्टो तल पारेर मुसुक्क मुस्काराउँछिन् होली त? 

पंक्तिकारलाई पनि यस्तै जिज्ञासा थियो। भेटेपछि त्यो सब मेटियो। पर्दामा जस्ती लजालु रैनछिन्, बरु खुला किताबजस्तै रैछिन् अञ्जली। उनको खुलापन र चञ्चलताभित्र पनि उनका संघर्ष र उपलब्धिका अध्याय लुकेका रहेछन्।

प्रकाशित मिति: : 2019-07-04 17:49:17

प्रतिकृया दिनुहोस्