आइफा विवाद आइफा अवार्डबारे खतरनाक प्रस्ताव, यसकारण भएको रहेछ विरोध (डकुमेन्टसहित)

तस्बिरः रातोपाटी

काठमाडौँ – चौतर्फी विवाद चर्किएपछि नेपाल सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड गर्ने निर्णयबाट पछि हटेको छ । सरकारले अवार्डका लागि झण्डै एक अर्व रुपैयाँ खर्च गर्ने विषय सार्वजनिक भएपछि ‘आइफ’को विवाद चर्किएको थियो । 

सरकारको तर्फबाट अवार्ड आयोजक रहेको नेपाल टुरिजम बोर्डले पनि बुधबार नेपालमा अब आइफा नहुने जनाएको छ नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले आइफा गर्नेबारे सबै प्रक्रिया स्थगन गरेका गरिएको जानकारी दिए । 

बोर्ड र काठमाडौं महानगरको प्रायोजनमा ४४ करोड आर्थिक सहयोगसहित गाडी, होटल, आवतजावत र अन्य सुविधा गरेर आइफामा करिब १ अर्ब खर्च हुने प्रारम्भिक मस्यौदा बहसमा रहेको थियो । 

नेपालमा आइफा अवार्ड हुँदा नेपाल सरकारले पैसा दिने या नदिने भन्ने विषयमा पक्ष विपक्षमा बहस जारी रहेका बेला प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले समेत चासो देखाएका थिए । ओली र प्रचण्डबीच बुधबार बिहान भएको छलफलमा सरकार यसबाट पछि हट्दा राम्रो हुने निष्कर्षमा पुगेका थिए । 

यस्तै मङ्गलबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारको सहयोगमा आयोजना हुन लागेको आइफा रोक्न सरकारलाई निर्देशन दिएपछि पनि अवार्ड गर्ने निर्णयबाट पछि हटेको हो । 

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिँदै सरकारले अपरिपक्व निर्णय लिएको ठहर गरेको थियो ।

प्रकाशित मिति: : 2019-07-04 13:14:23

प्रतिकृया दिनुहोस्