'छ महिने कोटा'ले नेपाली चलचित्रको उन्नति होला

तस्बिरः एजेन्सी

सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिनेमा हलहरूले वर्षमा आधा दिन नेपाली चलचित्रका लागि कोटा निर्धारण गर्नुपर्ने एउटा कानुनको मस्यौदा बन्ने क्रममा रहेको बताएसँगै त्यसले मिश्रित प्रतिक्रिया पाएको छ।

यसको खुलेर समर्थन गर्नेमा धेरैजसो नेपाली चलचित्रकर्मीहरू छन् भने चलचित्र वितरक तथा हल सञ्चालकहरूले यसको आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा समेत मानिसहरू यस विषयमा विभाजित देखिएका छन्।

मन्त्रीले के भने?

नेपाली चलचित्रकर्मीहरू सहभागी काठमाण्डूको एक कार्यक्रममा बोलेका मन्त्री बाँस्कोटाले वर्षको छ महिना 'नेपाली फिल्महरू चलुन्-नचलुन् स्वदेशी हलमा लगाउनुपर्ने' बताएका थिए।

उनको भनाइ थियो, "नेपाली कला, संस्कृति, साहित्य, परम्परा, प्रकृति, सभ्यताका विभिन्न चरण र भौगोलिक कुराहरू सबैको रक्षा हुनुपर्छ भन्ने तर यससँग जोडिएका चलचित्रहरू हल जान नपाउने अवस्थालाई रोक्न कुनै कानुनी व्यवस्था रहेनछ।"

प्रकाशित मिति: : 2019-07-03 18:15:54

प्रतिकृया दिनुहोस्