प्रेमिकासँग होटेलमा बास बसेका प्रमोद मृत भेटिए

अनलाइनखबर

१८ असार, काठमाडौं । प्रेमिकासँगै नयाँ बसपार्कस्थित एक होटलमा बास बसेका काभ्रेका युवक मृत भेटिएका छन् ।

असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका २६ वर्षीय प्रमोद गुरुङ शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत फेला परेका हुन् ।

विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

बुधबार विहान गुरुङकी प्रेमिकाले होटलको रिसेप्सनमा आई उनको मृत्यु भएको जानकारी गराएको प्रहरीले बताएको छ ।

उनीहरुको कोठामा २ वटा वियर, गाजा र यौनबद्र्धक औषधिसमेत फेला परेको प्रवक्ता बोगटीले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-07-03 14:51:16

प्रतिकृया दिनुहोस्