गुण्डा नाइके मनाङेलाई नेकपामा स्वागतको तयारी

काठमाडौं प्रेस

काठमाडौं, असार १८ : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ उर्फ ‘गुण्डा नाइके’ दीपक मनाङे अन्ततः नेकपा प्रवेश गर्ने भएका छन्।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरूङले भोलि बिहान नेकपामा औपचारिक प्रवेश गराउने कार्यक्रम बनेको छ।

मनाङको ‘ख’ बाट प्रदेशसभा चुनाव लडेका उनी नेकपाकै समर्थनमा विजयी भएका थिए । सुरुमा उनलाई वाम गठबन्धनकै तर्फबाट तत्कालीन एमालेले उम्मेद्वार बनाउने तय भए पनि एमालेबाट विरोध भएपछि स्वतन्त्र चुनाव लडेका थिए। उनको क्षेत्रमा एमालेले उम्मेद्वार नउठाई उनैलाई समर्थन गरेको थियो।

प्रकाशित मिति: : 2019-07-03 14:44:59

प्रतिकृया दिनुहोस्