एक सय २० रूपैयाँ बोकेर गाउँबाट 'भागेका' गणेश आज करोडका कारोबारी

गणेश एडी आफ्नो उद्योगले बनाएको झोला देखाउँदै।

नेपाली ब्रान्ड

बुढानिलकण्ठ, नारायणथान मन्दिरबाट ३ सय मिटरजति हिँडेपछि जस्तापाताले घेरिएको टहरो आउँछ। ढोकैबाट देखिन्छ, चिटिक्क झोलाहरू झुन्ड्याइएको। भित्र कोही सिलाइमा व्यस्त छन्, कोही पट्याउन।

यो 'फरेष्ट्री हेम्प ब्याग उद्योग' हो। यहाँ गाँजाका रेसाबाट विभिन्न प्रकारका झोला बनाइन्छ।

हामी यही उद्योगको एउटा सानो कोठामा पस्यौं जहाँ गणेश एडी थिए। उनी उद्योग मालिक हुन्। ल्यापटप चलाउँदै बसेका गणेशले फुर्सद हुनेबित्तिकै इन्टरनेटमार्फत झोला प्रचार गर्ने सुनाए।

'नजानेको कुरा खोज्नदेखि प्रचार गर्नसम्म इन्टरनेट सहयोगी भएको छ,' ४५ वर्षीय गणेशले भने।

केही महिनाअघि स्विटर बुन्ने उद्योग पनि खोलेको बताए। अहिले झोला, स्विटर र कपडा बनाउने तीन उद्योग छन्। टोपी, लुगा, पर्सदेखि जुत्ताचप्पलसम्म बनाउँछन्। यो व्यवसायबाट वर्षमा १ करोड ६० लाख रूपैयाँको सामान बाहिर पठाउने उनको भनाइ छ।

प्रकाशित मिति: : 2019-07-03 11:09:15

प्रतिकृया दिनुहोस्