ओली सरकारका १६ महिना : भ्रमणमै सकियो ३१ करोड

तस्बिरः नेपाललाइभ

काठमाडौं- केपी ओली शर्मा दोस्रो पटक प्रधानमन्त्री भएको १६ महिना पूरा भएको छ। ओलीलाई २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम  प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन एमाले र माओवादी केन्द्रले राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए। प्रधानमन्त्री ओलीले शपथ ग्रहण लगत्तै भनेका थिए, 'म पनि भष्ट्राचार गर्दिन, भष्ट्रचारीको अनुहार पनि हर्ने नपरोस्।' 

यो भनाइ अहिलेसम्म पनि प्रधानमन्त्रीले ओलीले बारम्बार दोहोर्‍याइरहेका छन्। प्रधानमन्त्रीले आर्थिक सुशासनका लागि कुनै कमी आउने नदिने दाबी गरेका थिए। त्यो दाबी अझसम्म पनि कम हुन थालेको छैन। 

तर, प्रधानमन्त्री ओलीले भष्ट्रचारीलाई कारबाही गर्नुको सट्टा प्रश्रय दिएको भन्दै विरोधको भोल्युम झन् चर्को हुँदै आएको छ। 

ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनको सरकारले भ्रमणमा मात्रै राज्य कोषबाट ३० करोड ६७ लाख ३५ हजार २६ रुपैयाँ खर्च भइसकेको छ।  यो रकम ओली सरकार निर्माण भएको एक महिनापछि २०७४ चैतदेखि २०७६ जेठसम्म भएका भ्रमणमा अर्थ मन्त्रालयले गरेको निकासा हो।

प्रकाशित मिति: : 2019-07-02 22:59:44

प्रतिकृया दिनुहोस्