सरकारी जागिरका लागि कुन उमेर उपयुक्त?

निजामती सेवा प्रवेशका लागि न्यूनतम उमेर १६ वर्ष राख्न केही सांसदहरूले प्रस्ताव गरिरहँदा पूर्व प्रशासकहरूले विद्यमान १८ वर्ष नै उपयुक्त हुने धारणा राखेका छन्।

निजामती सेवामा प्रवेश गर्ने व्यक्तिमा आवश्यक परिपक्वता र ज्ञान दुवैका हिसाबले त्यो प्रावधान जायज भएको उनीहरूको तर्क छ।

संसदको राज्यव्यस्था तथा सुशासन समितिले अरू कानून अनुसार मिल्ने नमिल्नेबारे हेरेर जानकारी दिन सरकारलाई निर्देशन दिएको छ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत वर्षको चैत महिनादेखि संसदको राज्यव्यस्था तथा सुशासन समितिमा छलफलकै क्रममा छ।

सांसदको प्रस्ताव

आरक्षणको प्रतिशत, बढुवा मूल्याङ्कनको विधि जस्ता विषयमा सांसदहरूबीच साझा धारणा बन्न नसकेका बेला निजामती सेवामा प्रवेशको उमेरको विषयमा पनि सांसदहरूका नयाँ-नयाँ प्रस्तावहरू आएका छन्।

केही सांसदहरूले एसईई उत्तीर्ण गर्नेहरूका लागि पनि पद राखिएको र १६ वर्षमै नागरिकता दिने व्यवस्था भएकाले निजामती सेवामा प्रवेशको उमेरको मापदण्ड त्यही राख्नुपर्ने प्रस्ताव गरेका छन्।

त्यसबारे बहस चलिरहेका बेला कतिपय पूर्व प्रशासक १८ वर्षको उमेर नै सेवा प्रवेशका निम्ति उपयुक्त हुने मत राख्छन्।

प्रकाशित मिति: : 2019-07-02 08:13:00

प्रतिकृया दिनुहोस्