किरण सिवा
बर्षौ पछि भेटिएको छ
गुमनाम दोबाटोको छाति टेकेर हिडेका पाईतालाका डोबहरु
सन्नाटाहरुको उत्सब मनाउदै गरेको
यी दोबाटोहरुमा अल्मलिएका
डोबहरु क-कस्का होलान सोचिरहेछु
खसाईसकेर आँसु , दुखको अन्तिम किनारा लागेर
पर्देशिएको कुनै छोराको डोबहरु होला
जसले कामाउनेछ खुसी र भत्काईदिनेछ आवश्यकताका पर्खालहरु
वा
चुपचाप चुपचाप
सिमानामा हिडेका कुनै जवानको डोबहरु होला
जसले आफ्नै स्वाभिमानको आयु मृत्युलाई सुम्पिएको छ
उसो त डोबहरु
बिथोलेर यादका सुनौलो पलहरु
फेरि कहिलै फर्किएर नआउने
कस्सम खाएर हिडेको कुनै प्रेमिकाको होला
जसले आफ्नो प्रेमीलाई उपहारमा छाडिदिएको छ मात्र यी डोबहरु
भनौ यी डोबहरु
गाउँ बिर्सिएर रहरहरुको आकार फेर्न सहर पसेकाहरुको होला
सायद उनिहरुले बसाई सरेको खबर ती डोबहरुलाई छाडेर गएका छन
ती डोबहरु
छोरा बुहारीले गाडीभाडा थमाएर बृद्धआश्रम पठाएका
कुनै बाआमाका होला
जो आफ्ना सन्तान खुसी रहोस भनेर आशिर्वाद स्वरुप छाडेका डोबहरु हुन
डोबहरु
जीवन हारेर सन्यास लिएका कुनै अघोरीको हुदो हो
जनमुक्तिका लागि हिडेका कुनै लडाकुहरुको हुदो हो
यसरी गुमनाम दोबाटोमा यी डोबहरुको अवशेष
पक्कै समयको चक्रब्युबाट जोगिएको हुनु पर्छ ,
मैले यी डोबहरु हेरे र नियाले आफू बाचिरहेको समय
डोब छोडेर जानेहरुलाई यो समयले मेटाउन नसक्दो रहेछ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया