के छ सरकारले सार्वजनिक गरेको नयाँ राष्ट्रिय स्वास्थ्य नीतिमा ?

सरकारले नयाँ स्वास्थ्य नीति सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सोमबार ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ सार्वजनिक गरेका हुन्। स्वास्थ्य नीतिमा सबै तहका स्वास्थ्य संस्थाबाट तोकिएबमोजिमका निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ।

स्वास्थ्यमन्त्री यादवले संघीय संरचनाअनुसार स्वास्थ्य प्रणालीमार्फत सेवा दिने गरी स्वास्थ्य नीति निर्माण गरिएको जानकारी दिए।

नीतिमा बिरामीको उद्धारका लागि हवाई एम्बुलेन्स सञ्चालन गर्ने, सरकारी अस्पतालमा अनलाइन टिकटको व्यवस्था, माध्यमिक तहसम्म प्रत्येक विद्यालयमा कम्तिमा एक जना स्वास्थ्यकर्मीको व्यवस्था लगायत महत्वपूर्ण योजना समेटिएको छ।

अनलाइन टिकटको व्यवस्था कार्यान्वयनमा आएपछि बिरामीले चाहेको सरकारी अस्पतालमा रोजेको डाक्टरसँग अनलाइनबाटै समय लिएर जँचाउन सक्नेछन् ।

‘नयाँ व्यवस्था कार्यान्वयनका लागि बोलपत्रसमेत आह्वान भइसकेको छ,’ मन्त्री यादवले भने, ‘यो नीति चाँडै कार्यान्वयनमा आउँछ।’ नीतिमा ६ उद्देश्य, २५ नीति तथा एक सय ४६ रणनीति छन् ।

प्रकाशित मिति: : 2019-07-02 08:06:57

प्रतिकृया दिनुहोस्