नियम तोडे अब ट्रम्पको ट्विट पनि निशानामा पर्ने

सामाजिक सञ्जाल ट्विटरले आगामी दिनहरुमा ट्रम्पलगायत सम्पूर्ण राष्ट्र प्रमुखहरुको ट्विट निशानामा पर्न सक्ने जानकारी दिएको छ । सार्वजनिक हित विपरीत ट्विट गरी ट्विटरको नियम तोड्ने सबै प्रमुखहरु लक्षित हुन सक्ने कम्पनीले बिहीबार बताएको हो । 

यस्तोमा ट्विटरको यस नीतिले सबैभन्दा बढी ट्रम्पलाई प्रभावित गर्न सक्ने बताइएको छ जसले बारम्बार ट्विटरको नियमलाई चुनौती दिँदै आएका छन् । उनका थुप्रै ट्विट सामाजिक स्तर विपरीत भएकामा गुनासो आइसकेको छ तर विगतमा ट्विटरले ट्रम्पसहित सबै राष्ट्रप्रमुखलाई गल्तीका बाबजुद अनलाइन रहन छुट दिएको ट्विटरका प्रवक्ताले सीएनएनसँग बताएका छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको ट्विट जनताका लागि सधैँ चासोको विषय हुने विश्वास गर्दै ट्विटरले कुनै कडाइ लागु गरेको थिएन । 

प्रकाशित मिति: : 2019-07-01 07:05:55

प्रतिकृया दिनुहोस्