पृथ्वी राजमार्ग फेरि प्रभावित, गाउँपालिका अध्यक्षको बालुवाखानीले यस्तो भयो

रातोपाटी संवाददाता

धादिङ–गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबीएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चलाएको बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । तीन दिनअघि पनि यही कारण पृथ्वी राजमार्ग प्रभावित बनेको थियो ।

गाउँपालिका अध्यक्षको खानीबाट निस्किने रातो माटोको मसिनो लेदोले शनिबार बिहान गल्छी–बैरेनी सडक खण्डको  करिब एक किलोमिटर भूभाग ढाकेकाले यातायात प्रभावित भएको हो । 

स्थानीयका अनुखसार धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको छ । 
सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो ।

 

प्रकाशित मिति: : 2019-06-29 13:02:09

प्रतिकृया दिनुहोस्