एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तर सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् ।

तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ ।

 

१.६ भन्दा कम जीपीए पाउनेहरूले भने कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । यसवर्ष ५६ हजार ७ सय ३९ जनाले १.६ भन्दा कम जीपीए प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् ।

त्यससँगै सम्बन्धित विषयमा न्यूनतम ‘डी प्लस’ वा ‘सी प्लस’ नल्याउनेले पनि कक्षा ११ भर्ना हुन पाउँदैनन् । प्राविधिक विषयतर्फ भने विषयगत न्यूनतम ग्रेड तोकिएको छैन ।
भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, गणित, कम्प्युटर साइन्स र कृषि पढ्न भने न्यूनतम जीपीए २.०० निर्धारण गरिएको छ । त्यससँगै विज्ञान र गणितमा न्यूनतम ‘सी प्लस’ ल्याउनुपर्छ ।

प्रकाशित मिति: : 2019-06-29 08:47:33

प्रतिकृया दिनुहोस्