गच्छदारसँगै कांग्रेसमा आएका २५ हजार कार्यकर्ताको क्रियाशील सदस्यता छानविन हुने

अनलाइनखबर

१३ असार, काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको सदस्यता छानविन गर्न जिल्लास्तरमा छानविन समिति गठन गरेको छ ।

शुक्रबार पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समायोजन समितिको बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २८ चैत ०७५ मा बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानविन गरी केन्द्रमा निर्णय पठाउन  समिति गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेसको गत वर्ष काठमाडौंमा भएको महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट सहभागी भएका २ सय जना महासमिति सदस्यको नामसमेत जिल्लामा अभिलेख अद्यावधिक गर्न जिल्ला समितिलाई निर्देशन दिने निर्णय पनि भएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2019-06-28 15:58:16

प्रतिकृया दिनुहोस्