पारमाणविक विधेयकमा सांसदको चासो : 'युरोनियम बेच्ने आशय राख्नु हुँदैन'

नेपाल लाइभ

काठमाडौं– 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'मा रहेका व्यवस्थाहरुले युरोनियम बेच्ने आशय राख्न नहुने सांसद माग गरेका छन्।

विधेयकमाथि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सैद्धान्तिक छलफल चलिरहेको छ। विधेयकमा संशोधन प्रस्ताव राख्ने सांसदमाथि गरिएको छलफलमा शुक्रबार बोल्दै तुलसी थापाले युरोनियम बेच्ने आशयले विधेयक ल्याइएको हो भने त्यो सोचनीय विषय भएको बताइन्।

'व्यापार गर्ने र यसैलाई आयस्रोत मानेर नेपालले आम्दानी गर्न सक्ने भन्ने सोच बनाएर आएको छ भने यो अलि सोच्नुपर्ने विषय हो', थापाले भनिन्, 'त्यो उचित हुँदैन। विचार र छलफल गर्नु जरुरी छ।'

सांसद सोमप्रसाद पाण्डेयले विश्वका धेरै देशले युरोनियम बेच्ने गरेको भन्दै यहाँ पनि त्यतैतिर अघि बढ्नुपर्ने आशय व्यक्त गरे।

'संसारमा सबैभन्दा बढी युरोनियम बेच्ने मुख्य तीन देश काजगिस्तान, क्यानडा र अस्ट्रेलिया हुन्। संसारमा अहिले १५ प्रतिशत विद्युत युरोनियमबाट उत्पादन हुन्छ। फ्रान्समा अधिकांश विद्युत युरोनियमबाट उत्पादन भएका छन्', उनले भने, प्रशोधित युरोनियम केही स्टेजहरु छन्। त्यसका केही मूल्य दरहरु पनि छन्। पहिलो स्टेजको पाँच सय डलर, दोस्रो स्टेजको एक हजार डलर छ। त्यसभन्दा बढी हामीले प्रशोधन गर्न पाउँदैनौं। हामीले ऐन नबनाउने हो भने केही कुरा अगाडि बढाउनै सक्दैनौं। ऐन बनाएको खण्डमा यसलाई व्यवस्थित गर्न सकिन्छ। ऐन नबाउने हो भने हामीसँग रहेको युरोनियम छुनै पाउँदैनौं।'

प्रकाशित मिति: : 2019-06-28 14:44:43

प्रतिकृया दिनुहोस्