सुन्दर अनुहारको आडमा मौलाउँदो अपराध: रुपमै लट्ठ परेर लुटिन्छन् पुरुषहरु

काठमाडौं: हरिबहादुर कार्की फेसबुक चलाइरहेका थिए। एक्कासी नचिनेको फेसबुक आइडिबाट साथी बन्ने रिक्वेस्ट आयो। फेसबुक नोटिफिकेसनमा देखिएको साथी बन्ने रिक्वेस्ट पठाउने एक सुन्दर युवती थिइन्। नाम थियो संगिता बस्नेत।

दोलखा सैलुङ घर भएका हरिबहादुर नेपाली सेनामा जागिरे थिए। अविवाहित पुरुष। उनले तुरुन्तै स्विकार गरे। साथी बन्ने अनुरोध स्विकारेको एकैछिनमा कार्कीलाई संगिताले हेलो भन्दै म्यासेज गरिन्। हेलोबाट शुरु भएको फेसबुक संवाद सञ्चो बिसञ्चोमा मात्रै टुंगिएन।

फेसबुकले जोडिएको सम्बन्ध बाक्लिँदै गयो। दुईजना बीचको सम्बन्ध प्रेम सम्बन्धमै पुग्यो फेसबुकमार्फत् नै। फेसबुकको च्याटमै उनीहरु बिहे गर्नेसम्ममा पुगे। बिहेको टुंगोमा पुगिसकेको सम्बन्ध फेसबुक बाहिर थिएन।

प्रकाशित मिति: : 2019-06-28 08:10:23

प्रतिकृया दिनुहोस्