संवेदनशील विषयमा प्रदेश प्रहरीलाई संघीय प्रहरीले निर्देशन दिने कानुनी व्यवस्था हुनुपर्छ : महानिरीक्षक खनाल

नयाँ पत्रिका

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी प्रावधान हुनुपर्ने बताएका छन् । 

खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था गर्न अति जरुरी रहेको उनले बताए ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार उनले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा उनले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

प्रकाशित मिति: : 2019-06-27 13:55:35

प्रतिकृया दिनुहोस्