फिनल्यान्डका मान्छेहरु किन सबैभन्दा खुशी ?

स्वभाविक रुपमा प्रश्न उठ्छ कि फिनल्यान्डका मान्छेहरु कसरी खुसी होलान् ? किन उनीहरु खुसी भएका हुन् ? के कुराले उनीहरुलाई ढुक्क र प्रफुल्ल बनाएको छ ?

अघिल्लो बर्ष बिबिसीमा एउटा फिचर प्रकासित भएको थियो, जसले फिनल्यान्डको खुसीबारे चर्चा गरेको थियो । उक्त फिचरमा एउटा दृष्टान्त यसरी पेश गरिएको थियो ।

पार्कमा बसिरहेकी एकजना बेली डान्सर पार्कबाट उठेर हिँड्छिन् । पार्कबाट हिँड्दै गर्दा उनलाई महसुष हुन्छ कि, मेरो त्यहाँ केही छुट्यो । हो उनले पार्कमै वालेट अर्थात पैसा राख्ने ब्याग छाडेर आएकी छिन् । पैसाको व्याग छुट्यो तर, उनी ढुक्क छिन् कि त्यो हराउने छैन । कसैले चोर्ने छैन । जहाँको त्यही हुनेछ । त्यसैले उनलाई पैसाको व्याग छाडेकोमा बेचैनी, औडाह, हतारो, भय छैन । उनमा नकारात्मक भाव पनि छैन । किनभने कसैले उनको चोर्ने वा लुट्ने छैन । यही कारण उनले अनावश्यक शंका-उपशंका गरिरहनु आवश्यक छैन ।

प्रकाशित मिति: : 2019-06-27 09:59:06

प्रतिकृया दिनुहोस्