‘स्कुल बन्द भएकाले खेल्न गएका थिए, चट्‍याङले चुडेर लग्‍यो’

दाङ-मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको थियो । नेपाल बन्दको घोषणाका कारण विद्यालय खुलेन।

खुसीराम चौधरीका दुई छोरा विवेक र अविनास जावुना खाने भन्दै घर देखि उत्तर तर्फ लागे। उहाँहरु संगै गाउँका अन्य एकै नासका साथिहरु पनि गएका थिए । खुसीराम धानको ब्याड छिन्न खेतमा थिए। एक्कासि चट्याङ परेको खबर पुगेपछी हस्याङ्ग फस्याङ्ग हुदै घटना भएको स्थलमा पुगे।

त्यहाँ पुग्दा आफै छोरालाइ भुइँमा लडेको अवस्थामा फेला परे ।`एक्कासि छोरा भुइँमा लडेको देखे´उनले भने-`स्कुल बन्द भएकाले घरबाट खेल्न निस्किएका थिए । हामी खेतमा थियौँ ।´

विवेक स्थानीय सिरिचौर स्कुलमा कक्षा चार मा पढ्थे। अविनास कक्षा तिनमा पढ्नछन र चट्याङमा परेर विवेकको मृत्यु भएको छ भने अविनास घाइते छन। गाउँ नै शोकमा डुबेको छ ।

प्रकाशित मिति: : 2019-06-26 09:41:56

प्रतिकृया दिनुहोस्