बालबालिकालाई ‘जङ्कफुड’ दिनु चुरोट खुवाउनुजस्तै हो

काठमाडौं । पछिल्लो समय बालबालिकालाई फकाउने सजिलो माध्यम बनेको जङ्कफुड । तर त्यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेतिर अभिभावकलहरुले वास्ता गरेका हुँदैनाँै । कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई खाना खान मानेनन् भने पनि उनीहरुलाई त्यस्तै जङ्कफुड खुवाउने गर्छन् । अझ कतिपयले बालबालिकालाई मोबाइल दिएर खुवाउने गर्छन् । त्यो बानी पनि राम्रो होइन ।  

हाम्रा अभिभावकले जङ्कफुड भन्नेबित्तिकै काम नलाग्ने खानेकुरा भनेर बुझ्नुपर्छ । यस्तो खानेकुरा स्वास्थ्यका लागि हानिकारक छ । अझ  बच्चाका लागि त यो झन् धेरै हानिकारक छ । अभिभावकले आफ्ना छोराछोरीलाई भन्सामा पाक्ने खानेकुराको महत्वबारे राम्रोसँग बुझाउन  नसक्दा उनीहरु घरकोभन्दा बजारमा पाइने प्याकेटको खानेकुरा बढी खान रुचाउने गर्छन् । 

प्रकाशित मिति: : 2019-06-24 09:25:13

प्रतिकृया दिनुहोस्