भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण नरैनापुरका चार वडा डुबानमा

शंकरप्रसाद खनाल

नेपालगन्ज : १३ दिन ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबान भएको छ।

भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। कुनै मानवीय क्षति नभए पनि घरभित्र पानी पसेकाले क्षतिको एकीन विवरण नआइसकेको उनले बताए।

प्रकाशित मिति: : 2019-06-23 19:50:47

प्रतिकृया दिनुहोस्