मान्छे मर्ने गरी आन्दोलन चर्काउन उक्साउने ती रहस्यमय व्यक्ति को थिए? (#WhoKilledNirmala शृङ्खला २७)

pahilopost
  • उमेश श्रेष्ठ र सविन ढकाल -

'तपाईँहरु आन्दोलन निकै चर्काएर गर्नुस्। दुई चार जना मान्छे मरे पनि केही फरक पर्दैन।'

महेन्द्रनगरको जनजाति महासंघको कार्यालयमा आफूलाई 'अनुसन्धानको मान्छे' बताउने एक अधवैँशेले यसो भन्दा अधिकारकर्मी माया नेगी झसङ्ग भइन्। तर, त्यसको प्रतिक्रियामा उनको केही पनि बोली फुटेन।

जानकी जोशी र प्रेमवती रानासहित उनलाई गएको असोजमा ती व्यक्तिले उकासेको सम्झँदै नेगीले भनिन्, ‘आन्दोलन गर्दागर्दै तपाईँ पारी भारतको दिशातिर नजिक नजिक, किनार किनार भएर बस्नुस् भन्नुभएको थियो।‘

निर्मलाको बलात्कारपछि हत्या भएको दुई महिना बितिसकेको थियो। गोली चलेर एक जनाको ज्यान  गएको महिना दिन भएको थियो। कर्फ्यु हटेर बल्लबल्ल स्थिति नियन्त्रणमा आउँदै थियो। तर, पनि महेन्द्रनगर आक्रोशित र आन्दोलित थियो।

आन्दोलनको मोर्चा सम्हालेका थिए मुख्यतः दुई समूहले - मीना भण्डारी र शारदा चन्द नेतृत्वको एउटा समूह र हेलेन श्रेष्ठ नेतृत्वको अर्को समूहले।

प्रकाशित मिति: : 2019-06-23 19:33:44

प्रतिकृया दिनुहोस्