साझा विवेकशीलद्वारा हुरीबाट क्षतिग्रस्त कैलालीका ११ परिवारको घर निर्माण

नेपाल लाइभ

काठमाडौं- साझा विवेकशील पार्टीले आफ्ना शुभचिन्तक र सदस्यहरुबाट संकलित रकम तथा श्रमदान गरी केहि दिन अघिको हावाहुरीबाट कैलालीमा क्षति भएका ११ घरको पुनर्निर्माण गरिदिएको छ।

पार्टीको कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको घर पुनर्निर्माण गरेको सो पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए।

प्रकाशित मिति: : 2019-06-23 10:39:23

प्रतिकृया दिनुहोस्