उपमेयर नेतृत्वको टोलीबाट महोत्तरीको औरही नगरपालिकाको कार्यालय तोडफोड

महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ ।

गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।

 इलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार साँझको समयमा कार्यालयमा कामकाज मनपर्दी रुपमा गर्दै आएको विरोधमा उपमेयर रेणु झाको नेतृत्वको टोलीले कार्यालयमा तोडफोड गरेको हो ।

प्रकाशित मिति: : 2019-06-23 10:32:27

प्रतिकृया दिनुहोस्