सुरुङमा थुनिएका सबैको सकुशल उद्धार, पहिरो खस्ने क्रम जारी

सञ्चार संवाददाता

काठमाडौँ – उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ जना कामदारलाई सकुशल उद्धार गरिएको छ ।

उनीहरुलाई बिहान सात बजे सुरुङबाट सकुशल उद्धार गरिएको रसुवाका डिएसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

उनीहरु सबैको स्वास्थ्य चेकजाँच पनि गरिएको उनले बताए ।

बिहीबार राति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ११ नेपाली र ६ चिनियाँ नागरिक भित्र थुनिएर अलपत्र परेका थिए ।

प्रकाशित मिति: : 2019-06-21 15:39:57

प्रतिकृया दिनुहोस्