कमल थापाको निष्कर्ष : १३ वर्षमा देश डरलाग्दो संकटको चक्रव्यूहमा फस्यो

रातोपाटी संवाददाता

काठमाडौँ– राप्रपा अध्यक्ष कमल थापाले २०६३/०६३ को आन्दोलनपछिको १३ बर्षे अवधिमा शान्ति स्थायित्व र समृद्धिको साटो देश डरलाग्दो संकटको चक्रव्युहमा फसेको बताएका छन् ।

देश डरलाग्दो संकटको चक्रव्युहमा

आजबाट काठमाडौँमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा राष्ट्रिय सहमतिको आवरणमा काँग्रेस, एमाले र माओवादीका नेताहरुले आलोपालो सरकारको नेतृत्व गरेपनि परिवर्तनकारी शक्तिहरुको वर्चस्व अन्तर्गत विगत १३ वर्षसम्मको राजनीतिक अभ्यासको परिणामस्वरुप शान्ति, स्थायित्व र सम्बृद्धिको सट्टा देश डरलाग्दो संकटको चक्रव्युहमा परेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: : 2019-06-21 15:19:16

प्रतिकृया दिनुहोस्