मोटरसाइकल-स्कुटर चालकले गर्ने यस्ता गल्ती, जसले बढाउँछ दुर्घटना

चेतना गुरागाईं

मोटरसाइकल/स्कुटर चलाउँदै हुनुहुन्छ भने गल्ती नै नगर्दा पनि ट्राफिक प्रहरीले रोक्न सक्छन्। दुई कारणले, सुरक्षा जाँच वा सुरक्षा कक्षा।

महानगरीय ट्राफिक महाशाखाले केही महिनादेखि व्यस्त सडकमा गुडिरहेका दुईपाङ्ग्रे रोकेर 'सुरक्षा कक्षा' दिइरहेको छ। दुईपाङ्ग्रे सवारी सबभन्दा बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकबाट देखिएपछि महाशाखाले यस्तो अभियान सुरू गरेको हो।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म सात हजार दुर्घटना भए, दुई सय ११ जनाले ज्यान गुमाए। यसमा २ हजार ३ सयभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे परेका छन्। मृत्यु हुनेमा ४५ प्रतिशतभन्दा धेरै दुईपाङ्ग्रे सवार नै छन्।

प्रकाशित मिति: : 2019-06-21 15:14:08

प्रतिकृया दिनुहोस्