‘रोजगारमा जाने नेपालीलाई आतंकवादीले प्रयोग गर्न सक्छन्’

कार्यक्रममा सहभागी विज्ञहरु

श्रीलंकाको राजधानी कोलम्बोमा बैशाख पहिलो साता भएको श्रृंखलावद्व आक्रमणले नेपाल पनि आतंकबादीको ‘सफ्ट टारगेट’ हुनसक्ने बिश्लेषण सुरक्षा निकायले गरेका छन्।

श्रीलंकाको राजधानी कोलम्बोमा इस्टर सन्डेका दिन भएको श्रृंखलावद्व बम आक्रमणको बिस्तृत अध्ययन गरेका प्रध्यापकको सहभागितामा सम्पन्न बैठकको प्रमुख बिषय ‘नेपालको सुरक्षा प्रवन्ध कति मजबुत’ भन्नेमा केन्द्रित थियो।

बैठकमा आतंकवाद विश्वको कुनै एक देशको समस्या नभएकाले सहकार्य, समन्वय र सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै अघि बढ्न समेत सहमति जनाए।

काठमाडौंमा आइतबार कोलम्बो आक्रमणसँगै राष्ट्रिय सुरक्षामा प्रतिआतंकवादका विषयमा समिक्षा गर्न भेला भएका नेपालस्थित विभिन्न देशका राजदूत, प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी र सुरक्षा बिश्लेषकले आतंकवाद र आतंकवादीको परिभाषा फेरिएको बताएका हुन्।

नेपाली सेनाले पहिलो पटक आयोजना गरेको डायलग अन नेशनल सेक्युरिटी काउन्टर टेरोरिजम सम्बन्धी अन्तरक्रियामा सहभागी पश्चिमा देशका प्रतिनिधीले ‘मध्यपूर्व’ बाट फर्कने नेपाली कामदारलाई निगरानीमा राख्दै उनीहरुका गतिविधीको अध्ययन जरुरी रहेको टिप्पणी गरेका थिए।

प्रकाशित मिति: : 2019-06-18 07:40:06

प्रतिकृया दिनुहोस्