‘ओसाका’ उडानको भित्री कथा : जिएसए नियुक्ति र कमिशनको चक्करमा डुबाउँदै राष्ट्रिय ध्वजावाहक

तस्बिरः रातोपाटी

मध्य वैशाखमा नेपाल वायुसेवा निगमले सार्वजनिक सूचना जारी गर्दै असारको १९ गतेदेखि जापानमा उडान भर्ने घोषणा गर्यो । लामो समयदेखि बहसको विषय बनेको र आर्थिकरुपमा राम्रो मानिएको गन्तव्यमा उडान भर्दा यसले राम्रो प्रतिफल दिने भन्दै निगमले जापानमा सिधै फ्ल्याइट गर्ने जानकारी दियो।

निगमको निर्णय सुन्दा सुरुमा धेरैलाई खुसी र उत्साहित पनि बनाएको थियो । तर निगमले जहाँ, जसरी र जहिले उडान भर्ने कुरा बताएको थियो, त्यसको सही विश्लेषण गरिएको थिएन भने व्यवसायिक योजना पनि थिएन । जसका कारण वैशाख २० गते मात्रै निगमले विज्ञप्ति जारी गर्दै असार १९ लाई तोकिएको निगमको जापान उडान अगष्ट २९ तारिकसम्मका लागि स्थगित गर्नुपर्यो ।

वैशाखको दोस्रो साता नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल लगायतको टोलीले असार १९ गतेबाट जापानको ओसाकामा सातामा ३ दिन उडान भर्ने जानकारी दिएका थिए । त्यसलगत्तै निगमले टिकट बुकिङ खोलेर बुकिङ पनि लिन थालेको थियो ।

तर वैशाखको तेस्रो साता सकिनै लाग्दा पनि ओसाकाका लागि टिकट बुकिङ गर्नेहरुको सङ्ख्या बढ्न सकेन । प्रत्येक उडानमा ३÷४ जनाले मात्रै टिकट काटेपछि निगमले जापानको ओसाकामा तत्कालै उडान भर्न नसक्ने भयो र उडान एकाएक स्थगित गर्नुपर्यो ।

प्रकाशित मिति: : 2019-06-17 17:39:09

प्रतिकृया दिनुहोस्