दलितमाथि आक्रमण: टाउकोमा बञ्चरो, चक्कु, गोली सबैको प्रहार गरेको खबर

तस्बिरः बिबिसी

गुजरातको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ।

प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए। आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अन्य दुईजना गम्भीर घाइते छन्।

थानगढ प्रहरी चौकीमा एससी एसटी ऐन अनुसार उजुरी दर्ता गरिएको छ। प्रहरीले दुई जनालाई हिरासतमा लिएको छ।

प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए। उनको परिवारमा पत्नी र दुई छोराछोरी छन्।

प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए।

प्रकाशित मिति: : 2019-06-15 12:34:38

प्रतिकृया दिनुहोस्