गुठियार र सरकारबीच भद्र सहमति

बिनु सुवेदी

सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरिरहेका काठमाडौंवासी र भूमि सुधार मन्त्रालयबीच बुधबार छलफल भयो।

छलफलकै बीचमा एक जना गुठियारले भूमि व्यवस्था,सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याललाई भने-यो विधेयक बाँकी रह्यो भने काठमाडौं बाँकी रहन्न। हाम्रो घरघरमा विरोधको आगो बलिरहेको छ, महिला र केटाकेटी पनि तपाईंलाई भेट्न जान्छौं भन्दैथे। हामीले घरमै राखेर आएका छौं।’

ती गुठियार निकै आक्रोशित थिए। उनको कुरामा सही थाप्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य रामवीर मानन्धर बोले- राजधानीको आन्दोलन चानेचुने होइन, विधेयक परिमार्जनसहित आउनुपर्छ।

मन्त्री अर्याललाई बुधबार आधा घन्टाका लागि भेट्न पुगेको काठमाडौं उपत्यकाका जनप्रतिनिधि र गुठियारको टोली करिब तीन घन्टा मन्त्रालयमै अडियो। विधेयकको व्यवस्थाले आफ्नो समुदायलाई पुर्‍याएको चोटबारे व्याख्या गर्‍यो।

प्रकाशित मिति: : 2019-06-13 13:00:35

प्रतिकृया दिनुहोस्