निजी विद्यालय बन्द गर्न शिक्षा विकासले पत्र काटेपछि महोत्तरीका स्थानीय तहमा द्वन्द्व

अजय शाह

जनकपुर– प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै महोत्तरीमा सञ्चालित २ सय ५० निजी विद्यालय बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले परिपत्र गरेपछि स्थानीय निकाय र इकाइबीच द्वन्द्व बढेको छ।

निजी विद्यालयले अनुमतिका लागि निवेदन दिएका र नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै दिएको निवेदनको आधारमै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका पाइएपछि शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले बन्द गर्न पत्राचार गरेको थियो। 

स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको मौखिक अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ।

प्रकाशित मिति: : 2019-06-12 12:30:10

प्रतिकृया दिनुहोस्