चन्दा उठाएर क्रिकेट रंगशाला बन्दैन, सरकारले सहयोग गर्छः प्रचण्ड

सञ्चार संवाददाता

काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्ण थालिएको अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने बताएका छन् ।

उनले चन्दा संकलन गरेर रंगशाला निमार्णको काम थालिए पनि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘चन्दा उठाएर मात्रै यो सम्भव छैन, चितवन जिल्ला र समग्र देशकै गौरवको आयोजना रहेको क्रिकेट रंगशाला निमार्णको कामका लागि सरकारले आवश्यक सहयोग गर्छ । प्रोत्साहन स्वरुप बजेट विनियोजन हुन्छ ।’

प्रकाशित मिति: : 2019-06-12 12:10:57

प्रतिकृया दिनुहोस्