मकैको मःम, मकैको चाउमिन, मकैकै थुक्पा

समिक्षा अधिकारी

सहरमा विभिन्न ब्रान्डका रेस्टुरेन्ट सञ्जाल खुल्ने क्रम बढेको छ। धेरैजसोका स्वाद भने एकनासे छन्। मेनुमा नयाँ परिकार पाउन मुश्किल छ। अधिकांशको रोजाइ मःम, चाउमिन, पिज्जा वा मासुजन्य परिकार नै हुन्छन्।

रेस्टुरेन्टको यो भिडमा यस्तो ठाउँ पनि छ, जहाँ मकैको परिकार मात्र पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

चाबहिल चोकको 'मिस्टर कर्न' ले करिब दुई महिनादेखि मकैका विभिन्न परिकार पस्केर अलग्गै पहिचान बनाउन खोजेको छ।

मकै भन्नेबित्तिकै धेरैको दिमागमा सडककिनार धुवाँ उडाउँदै पोलिने मकैका घोगाको तस्बिर आउन सक्छ। वा, एकाध क्याफेमा बेच्न राखिएका उसिनेका मकै, सिनेमा हलमा पाइने 'पपकर्न' वा कुनै नेपाली भान्छाघरमा पाक्ने ढिँडो र च्याँख्ला।

प्रकाशित मिति: : 2019-06-11 13:10:40

प्रतिकृया दिनुहोस्