केपी शर्मा ओली: 'सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्छ'

तस्बिरः बिबिसी

युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने जनाएका छन्।

सोमवार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी गरेका हुन्।

"के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ?" भन्ने एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताए।

दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो।

एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष छन्। उनीहरूले आफूहरू एउटै विमानको सहचालक भएको बताउने गरेका छन्।

प्रकाशित मिति: : 2019-06-11 07:59:03

प्रतिकृया दिनुहोस्