पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

तस्बिरः बिएल

थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।

नातिनी कृतिकालाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले गत साउन २४ गते त्यसतर्फ गएका शाह सोमबार अपरान्ह स्वदेश फर्किएका हुन्।

उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किएका छन् ।

सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको उपस्थिति थियो । समर्थकहरुले राजतन्त्रको पक्षमा नारासमेत लगाएका थिए।

प्रकाशित मिति: : 2019-09-09 19:03:59

प्रतिकृया दिनुहोस्