त्यति पनि थाहा पाउन नसक्ने यो कस्तो सरकार ?

Ratopati

जनवादी गायक तथा सङ्गीतकार हुन् रामेश श्रेष्ठ । करिब ५६ वर्षदेखि उनी जनताको दुःख र अधिकार गीतमा गुन्जाउँदै आएका छन् । देशको अवस्था, जनताको अवस्था बुझेर गीत बनाउने, गाउने उनको गीतले जनताको दुःख र अधिकारका बुलन्द गर्ने काम गर्दै आएको छ । सार्वजनिक मञ्चमा जाँदा उनी कुनै माया, प्रेम तथा राजनीति दल विशेषभन्दा पनि जनताको सरोकारका कुरा गीतमार्फत राख्ने गर्छन् ।

पञ्चायतकालीन कठोर राजनीतिक व्यवस्थाविरुद्ध ‘गाउँगाउँबाट उठ...’ भन्दै जनतालाई जगाउने युवाहरूको समूह राल्फाका सदस्यसमेत रहेका उनका ‘सङ्घर्ष हो जीवन’, ‘आऊ मिलाऔँ हाम्रा हातहरू’ जस्ता कैयौँ गीतले सर्वसाधारणलाई सङ्घर्षका लागि ऊर्जा थप्ने काम गथ्र्यो । २०२३ सालदेखि हालसम्म पनि जनताको गीत गाउँदै आएका उनी अहिले वर्षाैं पुराना राल्फाकालीन गीत रेकर्डिङ गरेर ल्याउनमा व्यस्त छन् । पञ्चायत ढल्यो, बहुदल आयो । लोकतन्त्र र गणतन्त्र पनि घोषणा भयो । तर उनलाई भने अझै सन्तोष मिलेको छैन । जनवादी गायक रामेश श्रेष्ठको असन्तोष उनकै शब्दमा ।

परिणाम के होला ?
कला संस्कृतिको विषयमा राज्यले खास नीति अपनाएको छैन । जे छ, जस्तो छ, चल्दै जान्छ र चलाउँदै जाने हो । जे आइपर्छ गर्दै जाने हो, भन्ने बाटोमा सरकार हिँडिरहेको छ । नीति नियम बनाउने, लागू गर्ने, त्यो गर्दाको परिणाम के होला ? यी र यस्ता विषयमा विचार गरेर सरकारले काम गरे पटक्कै लागेको छैन । अहिले मात्र हैन, यस अगाडिका न काँग्रेस, न कम्युनिस्ट र न अन्य सरकार कसैको पालामा कलासंस्कृतिको विषयमा केही पनि भएन ।

कम्युनिस्ट आस छैन
कलासंस्कृतिप्रति अहिलेको सरकारको चरम लापरवाही छ । सत्तामा सधैँ आफू टिकिराख्ने हो कि होइन, सत्ता कुन टाइमा के हुने हो भन्ने असुरक्षा, अस्पष्टताले यस अगाडिका सरकारले कलासंस्कृतिको विषयमा कुनै पनि काम गर्न सकेन ।

 

 

प्रकाशित मिति: : 2019-06-10 12:40:31

प्रतिकृया दिनुहोस्