हङ्‌कङमा स्वतन्त्रता यताकै ‘ठूलो प्रदर्शन’, चिनियाँ सञ्चारमाध्यम भन्छन्, 'विदेशीको हात'

BBC Nepali

हङ्‌कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएका छन्। सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भए।

प्रदर्शनकारीहरूलाई उक्त प्रस्तावित कानुनले चीनलाई हङ्‌कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पुर्‍याउने डर छ।

चिनियाँ सञ्चारमाध्यमले हङ्‌कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन्।

विदेशी शक्तिहरूले चीनलाई 'चोट पुर्‍याउन' हङ्‌कङमा विध्वंश निम्त्याउन खोजेको त्यहाँको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ।

सेतो पोसाकमा देखिएका सहभागीहरूले चर्को गर्मीमा पनि आइतवार कैयौँ घण्टा प्रदर्शन गरेका थिए।

ठूलो सङ्ख्यामा व्यवसायीका साथै कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधर व्यक्तिहरू सहभागी प्रदर्शन मुख्य रूपमा शान्तिपूर्ण थियो।

हङ्‌कङ प्रदर्शनतस्वीर कपीराइटGETTY IMAGES

भिडको सङ्ख्या अनुमान गर्न अपनाइएको मापदण्डका कारण आयोजक र प्रहरीले दिएको तथ्याङ्कमा ठूलो अन्तर छ।

हङ्‌कङकी नेत्री क्यारी लामले विरोध भए पनि सुपुर्दगीको योजना फिर्ता नगर्ने बताएकी छन्।

सोमवार संवाददाताहरूसँग कुरा गर्दै हङ्‌कङकी कार्यकारी प्रमुख ल्यामले सो कानुन आवश्यक रहेकोमा जोड दिँदै मानवाधिकारको रक्षा हुने बताइन्।

प्रकाशित मिति: : 2019-06-10 11:56:19

प्रतिकृया दिनुहोस्