बाबुरामसँग करिश्माको गुनासो- मेरो क्षमताको मूल्यांकन भएन (भिडिओ)

२०७२ सालको माघमा नयाँ शक्ति पार्टी घोषणा गर्नुअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको राजधानीको नयाँ बानेश्वरबाट ‘न्युक्लियस’ घोषणा गरे। ‘न्युक्लियस’को केन्द्रमा भट्टराई थिए। तर उनीजत्तिकै चर्चा पाइन्, राजनीतिमा इन्ट्रीमात्र गरेकी नायिका करिश्मा मानन्धरले।

न्युक्लियस घोषणा गर्ने दिन बाबुरामसँगै पहिलो लहरमा देखिएकी करिश्मा नयाँ शक्तिको स्थापनामा सक्रिय रहिन्।

२०७३ जेठ ३० गते बाबुराम भट्टराईको पार्टी दशरथ रंगशालाबाट घोषणा हुँदा करिश्माले कार्यक्रमको उदघोषण गरिन्। भलै उक्त कार्यक्रम उदघोषणपछि उनको आलोचना भयो।

आलोचनाबाट सिक्ने भन्दै करिश्माले पछि राजनीतिक चरित्र प्रस्तुत गर्न थालिन्।

प्रकाशित मिति: : 2019-06-10 09:09:27

प्रतिकृया दिनुहोस्