भारतमा नेपालीबाटै लुटिए नेपाली : खाेलामा फालिएका राजबहादुर ५२ घण्टापछि हाेसमा आए

राजबहादुर सिंह भेटिएपछि खोजीमा गएका सिंह परिवारका चार भाइ तस्बिर – जितबहादर सिंह

जुम्ला – जुम्लाको तिला गाउँपालिका–४, कुडारी गाउँका ५२ वर्षीय राजबहादुर सिंह भारतको उत्तराखण्डको तेहरी जिल्लाको चम्बा भन्ने  ठाउँमा ८ महिना अघिदेखि मजदुरी गर्दै आउनु भएको थियो ।

चम्बा बजारको दिमिल गल्लीमा ज्यालादारीमा काम गर्दै आएका सिंह घर फर्केने क्रममा बाटैमा लुटिनु भएको छ ।

जेठ १९ गते दिउँसो ३ बजे तेहरी जिल्लाको ऋषिकेश बसपार्कमा नेपाल आउने क्रममा अपरिचत दुई जना नेपालीसँग उहाँको भेट भयो । परदेशमा नेपाली साथी भेटिएपछि उहाँलाई समय काट्ने अवसर त मिल्यो । तीनै साथीले बेलुकी ७ बजेतिर चुरोट र कोक खुवाए । उनीहरुले कोक र चुरोट मात्रै खुवाएनन् नेपाली साथीलाई रसायन सुँघाएर बेहोसै बनाए । अनि ८ महिनासम्म हाडछाला घोटेर कमाएको झण्डै एक लाख ५० हजार रुपैयाँ लुटेर राजबहादुरलाई खोलामा फालिदिए । 

राजबहादुरका भाइ शुरबहादुर सिंहले घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘विषादी सुँघाएर दाइलाई लुटेका रहेछन् । अनि मर्यो भनेर खोलामा फालिदिएका रहेछन् ।’ 

बसपार्कमा चिनजान भएका नेपाली साथीले नै खोलामा मर्यो भनेर फालेको ५२ घण्टापछि राजबहादुर होसमा आउनुभयो । अनि बामे सर्दै बसपार्कसम्म पुग्नुभयो ।

प्रकाशित मिति: : 2019-06-09 08:37:05

प्रतिकृया दिनुहोस्