रौनराजको लीला : टार्गेटमा टिनएजर, बिहेको निहुँमा ठगीको धन्दा

प्रतिकात्मक तस्बिर

काठमाडौं : 'राज तिम्रो सपना भन्ने कोही साथी छ? मलाई भेट्न भन्दै थिइ,' इन्गेजमेन्टको अघिल्लो दिन सरिता (नाम परिवर्तन)ले आफ्नो प्रेमी रौनराज अर्याललाई अचानक प्रश्न गरिन्। अनायसमै आएको प्रश्नले राज अलमलिए झै लाग्यो। न कुनै जवाफ नै फर्काए।

'खै भुलेँ कि? फोटो देखाएपछि चिन्छु होला सायद,' राजको यतिमात्र भने। स्वभाविक हो, नामले मात्र सबैलाई चिन्न सकिन्न।

त्यसपछि सरिताले सपनाको फोटो देखाइन्। कुरा सामान्य थियो, भेटिएका सबैलाई चिनिन्छ भन्ने पनि हुँदैन। सरिताले राजलाई फोटो देखाइन्। तर, राजले चिनेजस्तो कुनै छनक दिएनन्।

सरिता र राजको काठमाडौँको एक पार्टी प्यालेसमा इन्गेजमेन्टको तयारी भइसकेको थियो। केही समयको चिनजान र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सुरुमा थिए उनीहरू।

प्रकाशित मिति: : 2019-06-09 05:47:52

प्रतिकृया दिनुहोस्