खतरामा नाकको डाँडी

पूरै संघीय सरकार स्वतन्त्र पत्रकारितालाई अप्ठ्यारोतिर धकेल्ने अभिप्रायसाथ अघि बढिरहेका वेला इटहरी सहरका मेयर साहेबले पत्रकारको नाकको डाँडी फुटाउने बडो ‘तामसी’ अठोट गरेका छन् । उनको विचारमा पत्रकारका खिलाफ अदालत जाने काम कमजोरले मात्रै गर्छ । मेयर द्वारिकालाल चौधरी आफैँ पनि कमजोर छैनन् । उनले पत्रकारको नाक भाँच्नैका लागि एक कट्ठा जग्गा छुट्याएका छन्, जसको मूल्य एक करोड पर्छ । पत्रकारप्रति मेयर चौधरीको आक्रोश लामो समयदेखि उनको मस्तिष्कमा जमेर बसेको देखिन्छ । उनमा चढेको यो रोष तात्कालिक घटनाको परिणाम होइन भन्ने स्पष्ट नै छ । काठमाडौं सहरमा जस्तै बाहिरका सहरमा पनि पत्रकारप्रति जनप्रतिनिधि र कर्मचारीको 
रोष समान रूपले प्रतिबिम्बित भएको पाइन्छ । यो कुनै नौलो विषय होइन 

प्रकाशित मिति: : 2019-06-07 11:32:23

प्रतिकृया दिनुहोस्