अख्तियार र महालेखाका प्रमुख नै लिन्छन् दोहोरो सुविधा, सुशासनको जिम्मा कसले लिने ?

अपवाद बाहेक जस्ले जति सक्छ, त्यति लुटेकै छन् नेपालमा ।

स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरू नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संविधानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरूले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका छन् । 

नवीनकुमार घिमिरे :  भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारीमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले समेत राज्यबाट दोहोरो सुविधा लिएका छन् । घिमिरे नेपाल सरकारका पूर्वसचिव हुन् । उनले अवकाशप्राप्त कर्मचारीका रूपमा मासिक ३७ हजार ५ सय २१ रुपैयाँ पेन्सन लिँदै आएका छन् । घिमिरेले यसअघि आयुक्त हुँदादेखि नै नियमित रुपमा पेन्सन सुविधा लिदै आएका भेटिएको हो । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतमा राज्यबाट प्राप्त सुविधा पनि नियमित रुपमा लिदै आएका छन् । विवाद भएपछि बीचमा एक वर्ष पेन्सन नलिएको तर सर्वोच्चले लिन मिल्छ भनेकोले रोकिएको पेन्सन पनि एकमुष्ठ लिएको उनले बताए । 

रत्नेश्वरलाल कायस्थ : प्रदेश प्रमुख प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्व प्रशासक हुन् । नेपाल सरकारको सचिवबाट अवकाश उनी प्रदेश प्रमुखको जिम्मेवारीमा गएपछि पनि नियमित रुपमा पेन्सन सुविधा लिइरहेका छन् । उनले मासिक ३३ हजार २ सय ३६ रुपैँयाका दरले पेन्सन लिने गरेका छन् । निवृत्ती भरण कार्यालयका अनुसार उनले सेवाबाट अवकाशपछि नियमित पेन्सन लिदै आएका छन् । 

प्रकाशित मिति: : 2019-06-07 08:29:08

प्रतिकृया दिनुहोस्