एमाले पालिका अधिवेशन

रुकुम पूर्वका ३ र रुकुम पश्चिमका ६ पालिकामा एमालेकाे सर्वसम्मत नेतृत्व चयन

नेकपा (एमाले) रुकुम पूर्व र रुकुम पश्चिमले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ। मंगलबार रुकुम पूर्वका ३ वटा र रुकुम पश्चिमका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

नेकपा एमाले रुकुम पूर्वका जिल्ला सचिव लिलामणी गौतमका अनुसार जिल्लाको सिस्ने गाउँपालिकामा हरिहर पौडेल अध्यक्ष, गणेश रेउले उपाध्यक्ष, देवीलाल गिरी सचिव, विष्णु देवकोटा र मान बहादुर खड्का उप-सचिवमा चयन भएका छन्।

त्यसैगरी भूमे गाउँपालिकाको अध्यक्षमा कमानसिंह डाँगी, उपाध्यक्षमा ताराप्रसाद पुन मगर, सचिवमा दलबहादुर विक, उप-सचिवमा दिपा सुनार र सिजन कुमार नेपाली चयन भएका छन्।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा मोहनभक्त बुढा मगर अध्यक्ष, साइधन बुढामगर उपाध्यक्ष, लक्ष्मण बुढा मगर सचिव पदमा चयन भएको बताइएको छ।

यस्तै रुकुम पश्चिमका सबै पालिकाको अधिवेशन गरी पार्टीको पदाधिकारीसहितको नयाँ नेतृत्व चयन गरेको जिल्ला प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिए।

उनका अनुसार मुसिकोट नगरपालिकामा थल बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, चौरजहारी नगरपालिकामा अतिराम ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र आठबिसकोट नगरपालिकामा दिनेश चन्दको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन गरिएको छ।

यस्तै जिल्लाको बाफिकोट गाउँपालिकामा ब्युँझना पुन देवकोटाको अध्यक्षतामा ७५ सदस्यीय कमिटी, त्रिवेणी गाउँपालिकामा डिल्ली बहादुर ओलीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी र सानीभेरी गाउँपालिकामा लोक बहादुर खड्काको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन भएको बताइएको छ।

सबै ठाउँमा उत्साहका साथ अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटीले बताएको छ। आगामी मंसिरमा हुने दशौं महाधिवेशनका लागि नेकपा एमालेले अहिले वडाको सकेर स्थानीय तहको अधिवेशन गरिरहेको छ।

प्रकाशित मिति: : 2021-10-27 11:47:00

प्रतिकृया दिनुहोस्