संगीत तथा रोयल्टी संकलन समाज लोभले डुब्न लाग्यो

बाह्रखरी

गीतसंगीतको रोयल्टी उठाउनका लागि गठन गरिएको संस्था संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको प्रश्न उठ्यो । पारदर्शिता नभएको भन्दै समाजका पूर्व पदाधकारी तथा सदस्यहरुले प्रश्न उठाएपछि जेठ ५ गते समाजले विशेष साधारणसभा बोलायो । सभामा समाजकै पूर्व पदाधिकारी तथा सदस्य लक्ष्मण शेषले रोयल्टीबापत संकलनमा  रकम हिनामिना भएको भन्दै त्यसको जवाफ माग गरे ।

पूर्व अध्यक्षहरुले पारदर्शी हुन सुझाव दिए । साधारणसभाले आर्थिक वर्ष ०७४–०७५मा भएको आर्थिक गतिविविधिको छानविन गरी दोषिलाई कारबाही गर्न रजिष्टारको कार्यालयलाई चिठ्ठी पठाउने, यातायात रोयल्टीबाट संकलन भएको रोयल्टीको २० प्रतिशत रोयल्टी रकम अग्रज श्रष्टालाई योगदानका आधारमा वितरण गर्ने मापदण्ड बनाउने र वर्तमान कार्यसमितिको आर्थिक गतिविधि नियमनका लागि गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा संयोजक रहनेगरी संगीतकार संघका अध्यक्ष शान्तिराम राई र संगीतकार लक्ष्मण शेष सदस्य रहेको समिति गठन गर्यो ।

संगीतकार शेष संगीत तथा रोयल्टी संकलन समाजको सुरेश अधिकारी अध्यक्ष रहेको कार्यसमितिमा बसेर ७वर्ष काम गरेका व्यक्ति हुन् । एक महिना कोषाध्यक्ष र बाँकी समय सदस्य भएर काम गरेका उनी स्वयम् अहिले सोही संस्थामा आर्थिक पारदर्शिता नरहेको बताउँदै आएका छन् । उनै संगीतकार शेषसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः  

प्रकाशित मिति: : 2019-06-06 09:40:11

प्रतिकृया दिनुहोस्