आरुबोटे नरसंहार-४ : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या

तस्बिरः नेपाललाइभ

आरुबोटे (पाँचथर)– गत जेठ ६ गते रातिको घटनाले पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटका बासिन्दा अझै पनि राम्ररी निदाउन सकेका छैनन्। आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा बमबहादुरकै ज्वाइँ मानबहादुर माखिमको हात रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

उक्त नृशंस हत्याकाण्डमा मानबहादुर कसरी यतिसम्म क्रूर बन्न सके होलान्? घटना उत्पन्न गराउन सक्ने कारक केके थिए? प्रहरीले अनुसन्धान सकिसकेको छैन। उक्त घटनाको यथार्थ बुझ्न नेपाल लाइभ टिम पनि घटनास्थल आरुबोटे नै पुगेको थियो। हामीले उक्त घटनासँग जोडिएका पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारणसमेत खोतलेका छौं। मानबहादुरको व्यवहार, मनोदशा र विगतबारे पनि तथ्यहरु जुटाएका छौं। जसलाई शृंखलाबद्ध रुपमा प्रस्तुत गर्ने नै छौं।

अघिल्लो शृंखलामा घटना भएको दिन मानबहादुरको गतिविधि र भिनाजुसँग भएको अस्वाभाविक कुराकानीका बारेमा लेखेका थियौं। यो चौथो शृंखलामा लगभग सवा घन्टाको अवधिका मानबहादुरले कसरी छप्काए ९ जनालाई? घटनापछि मानबहादुर कता लागे? यिनै विषय समेटेका छौं।

प्रकाशित मिति: : 2019-06-06 09:37:36

प्रतिकृया दिनुहोस्