दैनिक ४४ सय पाइला हिँड्ने महिला धेरै बाँच्ने

दिनमा दश हजार पाइला हिँडे स्वस्थ भइन्छ भन्ने सल्लाह हामी सबैले पाएका छौं। तर, के यसले स्वास्थ्यलाई साँच्चिकै फाइदा पुर्‍याउँछ त?

उमेरको आधारमा हिँड्नुपर्ने पाइलाको अधिकतम संख्या निकै कम हुनसक्ने याँ अनुसन्धानले देखाएको छ। दैनिक चार हजार चार सय पाइला हिँड्ने महिलाको मृत्यु हुने सम्भावना ४१ प्रतिशत कम हुने वयस्क महिला सम्बन्धी सो अध्ययनले देखाएको छ। तुलनात्मक रूपमा उनीहरूभन्दा एक हजार सात सय पाइला कम हिँड्ने महिलाको मृत्यु हुने सम्भावना बढी हुने देखिएको छ।

‘यो एकदमै सामान्य संख्या हो। त्यति पाइला त धेरै जना हिँड्न सक्छन्,’ आइ–मिन लीले भनिन्। उनी ब्रिगमस्थित डिभिजन अफ प्रिभेन्टिभ मेडिसिन र बोस्टोनस्थित वुमेनस हस्पिटलकी एपिडेमियोलोजिस्ट हुन्।

पाइला गन्ने ‘स्टेप–काउन्टर’ले प्रायः उद्धृत हुने ‘स्वास्थ्यका लागि दश हजार पाइला’ सम्बन्धी खोज गर्न उनको ध्यानाकर्षण गरेको उनले बताइन्। सबैभन्दा पहिले १९६५ मा यो अवधारणा उल्लेख भएको हो। ‘पेडोमिटर’ बनाउने एउटा जापानी कम्पनीसँग यो सल्लाहलाई जोडिएको छ। 

प्रकाशित मिति: : 2019-06-03 09:31:11

प्रतिकृया दिनुहोस्