जनतालाई नै दोस्रो दर्जा !

बाह्रखरी

धनुषा जिल्लामा पर्ने सबैला नगरपालिका–१२ को रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा आर्थिक वर्षकै सुरुदेखि वितरण हुनुपर्ने विद्यार्थीलाई खाजा बैशाख १० गतेबाट मात्र बाँड्न थालियो । त्यही खाजा वितरण पनि दुई सातामै रोकियो । वार्षिक बजेटमा  १२ महिना खाजा वितरण गर्ने पैसा विनियोजन गरिएको थियो । सिन्धुली जिल्लाको हरिहरपुरगढीमा एक गाग्री पानीलाई सय रुपैयाँ तिरेर किन्नुपर्ने बाध्यता छ । अर्कातिर त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ४० लाख रुपियाँ गाउँमा ‘अतिथिगृह’ बनाउन दिएका छन् । समाचारअनुसार त्यही अतिथि गृह निर्माणका लागि समेत प्रतिगाग्री सय रुपियाँमा पानी किन्नु परेको गुनासो ठेकेदारले गरेका छन् ।

यी दुवै घटना सम्भवतः अहिलेको विकासको प्रतिनिधिमूलक उदाहरण हुन् ।बालबालिकालाई विद्यालयमा टिकाउन र तिनको पोषणस्तर उकास्न सुरु गरिएको खाजा वितरण कार्यक्रममा आएको पैसामा पनि लोभ गर्ने नगरपालिकाका अधिकारीहरूको दुर्नियतले राज्यले दिएको बजेट खर्चै नहुने अवस्था उत्पन्न भयो । पहिलो त, त्यो कार्यक्रम नै ढिलो सुरु भयो । त्यसमाथि सुरु भएपछि गरिएको किचलोले कार्यक्रम तीन साता नपुग्दै रोकियो । नगरपालिकाका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकले कार्यक्रम रोकिनुका आआफ्नै तर्क दिएका छन् । तर, कुपोषित र भोका बालबालिकालाई राज्यले उपलब्ध गराएको सहयोग बेलामा वितरणसमेत नगरेर दुवैले अक्षम्य अपराध गरे भन्नु अन्यथा नहोला । बालबालिकाको शिक्षा र स्वास्थ्यमा तिनले हेलचेक्य्राइँ गरेको देखियो ।

 

प्रकाशित मिति: : 2019-06-01 12:53:25

प्रतिकृया दिनुहोस्