आगामी आर्थिक बर्षको बजेट : प्रतिव्यक्ति आय ११ सय २० डलर पुग्ने, अरु के–के छन् विशेषता ?

काठमाडौं–सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट प्रतिव्यक्ति आय १ हजार १ सय २० डलर बनाउने गरी ल्याउँदैछ । चालू आर्थिक बर्षको सर्वेक्षणले यो वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहने प्रक्षेपण गरेको छ । यस आधारमा सरकारले एक बर्षमै एक व्यक्तिको आम्दानी ८६ डलरले बढाउने महत्वकाँक्षी योजना बजेटमार्फत ल्याउँदैछ ।

योजना आयोगका सदस्य डा.रामकुमार फुयालले ६० वटा सूचकाङ्कलाई आधार मानेर बजेट ल्याउन लागेको बताए । चालू वर्ष ७ प्रतिशतको आर्थिक बृद्धिदर रहने अनुमान सरकारले गरेको छ तर आगामी बर्ष साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरलाई फोकस गरेर बजेट आउने फुयालले बताए । 

यसैगरी व्यक्तिको औसत आयू ७०.५ वर्ष पुर्याउने बजेटकोमा उल्लेख हुनेछ । अहिले ७०.१ वर्ष अपेक्षित आयु छ ।  यसैगरी आगामी बजेटले सडक कालोपत्रेलाई पनि व्यापकता दिँदैछ । अहिले कालोपत्रे भएको सडक ८ हजार ३ सय १६ किलोमिटर छ । यसलाई एक बर्षमा ९ हजार ६ सय ५० किलोमिटर पुर्याउने बजेटको नीति हुनेछ । यता विद्युतको पहुँच विस्तारमा पनि बजेटले जोड दिँदैछ । आगामी बर्षसम्म विद्युतको पहुँच प्राप्त परिवार ९३.५ प्रतिशत बनाउने लक्ष्य बजेटले अघि सार्दैछ ।

प्रकाशित मिति: : 2019-05-29 10:00:03

प्रतिकृया दिनुहोस्